काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ज्यान मार्ने उद्योगका एक फरार अपराधीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–३ शिखरआम्बोटेका २७ वर्षीय कुमार सिंह लामा छन्। उनलाई काठमाडौं कमलादीबाट गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
२०७४ असार ९ गते राति साढे १ बजे कमलादीस्थित काठमाडौं प्लाजाको पार्किङमा चेंगा तामाङलाई कुमार सिंह लामा, सुदिप भन्ने पोते लामा समेत ५ जनाले ज्यान मार्ने उदेश्यले धारिलो हतियार प्रहरी गरी घाइते बनाएका थिए।
सोही मुद्दामा फरार लामालाई प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।