काठमाडौं– खल्तीमा १ किलो नक्कली सुन बोकेर ग्राहकको खोजीमा निस्किएको ६ जनाको समूह काठमाडौंको कपनमा समातिएको छ।
आइतबार दिउँसो ३ बजे कपन निलो पुल नजिकैबाट उक्त समूहलाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भई कपन बस्ने ४ वर्षीय मंगले तामाङ, सोहीका २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णबहादुर राउत, ३१ वर्षीय नवराज राउत, २३ वर्षीय किरण लामा र रामेछापको दोरम्बा गाउँपालिका–२ का ३१ वर्षीय रोशनबुढा छन्।
उनीहरुले नक्कली सुनलाई सक्कली भएको बताउँदै ५० लाख रुपैयाँ बेच्ने तयारी गरेको प्रहरीले जनाएको छ। सुन किन्न ग्राहक ५ लाख रुपैयाँ लिएर पुगेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। बेलैमा पक्राउ पर्न सफल भएकाले ठगिनबाट जोगिएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त नक्कली सुन १ किलो र ६ थान बोमाइल बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।