काठमाडौं– नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले बौद्धबाट ३ जनालाई पक्राउ गरेको छ।
नक्कली नोट छाप्ने गरेको सूचनाको आधारमा खटिएको महानगरीय प्रहरी वृत बौद्धको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्ने ३ जनाको नाम गोप्य राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
उनीहरुको साथबाट ३५ हजार नक्कली नोट समेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए। –फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।