काठमाडौं– सुवारी दुर्घटना मुद्दाका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखाको झुलेका ३४ वर्षीय अशोक कार्की छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार कोटेश्वरबाट पक्राउ गरेको हो।
कार्कीको बा १ च ८६१० नम्बरको पिकअप भ्यानले राजेन्द्र बिहरी श्रेष्ठलाई ठक्कर दिएको थियो। उक्त मुद्दामा सुनसरी जिल्ला अदालतले कार्कीलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
उनलाई फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।