चार सय मिटर दौडमा तुलसाले बनाइन् राष्ट्रिय कीर्तिमान

नेपाल लाइभ | २०७६ कार्तिक ५ मंगलबार | Tuesday, October 22, 2019 १७:५३:०० मा प्रकाशित

काठमाडौं- चीनको उहानमा भइरहेको सातौँ विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। 

२१ देशका धावकले प्रतिस्पष्र्धा गरेको प्रतियोगितामा खत्रीले दुरी ५९.५७ सेकेण्डमा पूरा गरेकी हुन्। यसअघि चार सय मिटरमा राष्ट्रिय कीर्तिमान ५९.९० सेकेण्डको रहेको थियो। जुन कीर्तिमान २०१० मा प्रमिला रिजालले राखेकी थिइन्। 

यसैगरी मंगलबार नै भएको सय मिटर दौडमा भने सेनाकी सरस्वती चौधरीले व्यक्तिगत समयमा सुधार मात्रै गर्न सकिन्। उनले १२.६६ सेकेण्डमा दुरी पूरा गरेकी थिइन्।