अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना 

नेपाल लाइभ | २०७६ कार्तिक ५ मंगलबार | Tuesday, October 22, 2019 १९:४९:०० मा प्रकाशित

काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना भएका छन्। सोमबार राति आफ्नो घरमा लड्दा उनी घाइते भएका हुन्।

उनी फोबे समटर मेडिकल सेन्टरमा भर्ना भएका छन्। कार्टरका प्रेस संयोजक डियना कांगिलियोका अनुसार उनको कम्मरको हड्डीमा सामन्य फ्रयाक्चर भएपछि उपचारको लागि ल्याइएको हो।

उनी छिट्टो निको भएर चाँडै घर जाने आशा राखेका छन्। 

कार्टर अहिले ९५ वर्षका भए। उनी दुई हप्ताअगाडि आफ्नै घरमा लडेका थिए। चर्चको लागि जाँदै गर्दा उनीलडेर टाउको फुटेको थियो र १४ वटा टाँका समेत लगाउनु परेको थियो। 

पूर्व राष्ट्रपति कार्टरलाई पहिले मष्तिष्क र कलेजोको क्यान्सर भएको थियो। उनले २०१५ मा क्यान्सर जितेको घोषणा गरेका थिए।