अमृतसर- विभिन्न ८७ मुलुकका वैदेशिक नियोगका प्रमुखहरू ‘गोल्डेन टेम्पल’को दर्शन गर्न अमृतसार पुगेका मन्दिर व्यवस्थापनले मङ्गलबार जनाएको छ।
उनीहरूलाई गुरूनानकको ५५०औँ जन्मजयन्ती मनाउन आयोजित एक कार्यक्रममा सहभागी बन्नका लागि आमन्त्रण गरिएको थियो।
वैदेशिक नियोग प्रमुखहरूलाई कार्यक्रमस्थलसम्म पुग्दा भारतका संघीयमन्त्री हरदीप सिंह पुरी तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष विनय सहस्रबुद्धेले साथ दिएका थिए। समारोहमा पुग्नेहरूमा नेपाल, माल्दिभ्स, भुटान, अफगानिस्तान, श्रीलङ्का, अष्ट्रेलिया, मङ्गोलियालगायतका कुटनीतिक प्रमुख तथा उपप्रमुखहरूसमेत छन्। उनीहरूलाई भारतीय परम्परागत शैलीमा स्वागत गरिएको थियो।
भ्रमणको व्यवस्था भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, पञ्जाव राज्य सरकार र शिरोमणि गुरूद्वारा प्रबन्धक समितिले गरेका थिए।
भारतको संघीय मन्त्रिपरिषद्ले गुरूनानकको ५५०औँ जन्मजयन्तीलाई स्वदेश तथा विदेशमा भव्यताका साथ मनाउने निर्णय गरेको थियो। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।