काठमाडौं– श्रीमती हत्या गरेर फरार भएका दाङको लमही नगरपालिका–५ कोइलाबासका ३० वर्षीय प्रदीपकुमार जयसवाल ६ वर्षपछि पक्राउ परेका छन्।
उनलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले मंगलबार साँझ लमहीबाट पक्राउ गरेको हो। उनले २०७० असार २५ गते श्रीमती प्रिति जयसवालको हत्या गरेका थिए।
हत्या आरोपमा दोषी ठहर गर्दै दाङ अदालतले २०७४ पुस १७ गते उनलाई १८ वर्ष ८ महिना १९ दिन कैदको फैसला सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।