काठमाडौं– कुकरको सहयोग जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिस्फोटक पदार्थ (पटाका) बरामद गरेको छ।
बिहीबार दिउँसो साढे ५ बजे प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंह, सशस्त्र प्रहरी गण गुल्म नम्बर १४ का एसपी विकासराज घिमिरे तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट तालिम प्राप्त कुकुरसहित खटिएका प्रहरी निरीक्षकको संयुक्त टोलीले पटाका बरामद गरेको हो।
प्रहरीले आलु बम १० प्याकेट, पस्किनी बम ४ प्याकेट, नागिन पटका २५० प्याकेट, रकेट बम ६० पिस, झिरझिरे ६० पिस, कुखुरा पटका १३ प्याकेट बरामद गरेको छ।
प्रहरीले कुकुरको सहयोगमा हेटौडा उपमहानगरपालिका–१९ नेवारपानी स्थित सडक खण्डमा कुकुरको सहयोगमा बस, ट्रक, अटो, मोटरसाइकल ४१ वटा सवारी साधान चेकजाचँ गर्नेक्रममा उक्त पटाका बरामद भएको हो। बरामद पटाकालाई खाल्डो खनि नष्ट गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।