बर्दिया- आफ्नै श्रीमान् हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका-६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ।
दिलमायालाई श्रीमान् ५२ वर्षीय समला दरैको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।
हत्यापछि फरार रहेकी दिलमायालाई बाँकेको खजुरा गाउँपालिका–७ गुनानाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।
उनलाई इलाका प्रहरी कार्यालय मोतीपुरमा राखिएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।