बर्दिया– बर्दियामा दुई समूहका युवाबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ। आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
ठाकुरबाबा नगरपालिका–८ भुतकैयामा स्थानीय युवाहरुबीच मादक पदार्थ सेवन गरी बुधबार दिउँसो झगडा भई कुटपिट हुँदा सोही ठाउँ बस्ने ३७ वर्षीय सतराम थारुको मृत्यु भएको हो।
कुटपिट हुँदा गम्भीर घाइते भएका थारुको मेडिकल कलेज कोहलपुर हुँदै थप उपचारको लागि भारतको लखनउ पठाइएकोमा उपचारको क्रममा मुत्यु भएको हो। कुटपिटको क्रममा घाइते भएका अन्य ३ जनाको भारतको लखनउमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय बग्नाहा र अस्थायी प्रहरी पोष्ट ठाकुरद्धाराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न ठाकुरबाबा नगरपालिका–७ कालागढी बस्ने ३२ वर्षीय अर्जुन बुढा लगायत ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।