काठमाडौं- कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यू शनिबार बिहान ६ बजेबाट हटाइएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक विज्ञप्तिमार्फत् कर्फ्यू हटाइएको जानकारी गराएको छ।
कृष्णनगर बजार क्षेत्रभित्र लक्ष्मी पूजाको मूर्ति विसर्जनको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच तनाब उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको थियो।
बिहीबार दुई पक्षबीच तनाब उत्पन्न हुँदा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक २० वर्षीय सुरज पाण्डेको ज्यान समेत गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।