साथीहरुले दिए ऋचालाई ‘ब्याचलर पार्टी’, भन्छिन्- बिहेको मिति समय आएपछि भन्छु

नेपाल लाइभ | २०७६ कार्तिक १७ आइतबार | Sunday, November 03, 2019 १५:००:०० मा प्रकाशित

काठमाडौं– अभिनेत्री ऋचा शर्मा यो वर्ष विवाह गर्ने तयारीमा छिन्। केही समयअघि मिडियासँगको कुराकानीमा उनले खुलेरै उद्घोष गरेकी थिइन्,‘यो वर्ष बिहे हुन्छ।’

अहिले फिल्मवृत्तमा उनको ब्याचलर पार्टी चर्चामा छ। धेरैले ऋचाले आफ्ना नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएको चर्चा गरिरहेका छन्। तर, ब्याचलर पार्टी खासमा बिहे गर्ने व्यक्तिले दिने होइन, बिहे हुन लागेको व्यक्तिलाई बिहेअघि साथीहरुलेचाँही दिने हो। 

ऋचालाई पनि अभिनेत्री साथीहरु प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिंवागी प्रधान लगायतले पोखरामा ब्याचलर पार्टी दिएका हुन्। 

ब्याचलर पार्टीको तस्बिरमा सबै सेतो रङको पहिरनमा देखिएका छन्। तस्बिरमा ऋचा निकै खुशी देखिन्छिन्। 

ऋचा कहिले बिहे गर्देछिन्,  मिती खुलेको छैन। ऋचाले पनि हालसम्म आधिकारिक रुपमा आफ्नो प्रेमी सार्वजनिक गरेकी छैनन्।

'बिहे कहिले गर्ने त?' नेपाललाइभको प्रश्नमा ऋचाले भनिन्, ‘समय आएपछि भन्छु।’

उनी निकटका साथीहरु उनको बिहे मंसिरमा हुने तयारी भइरहेको बताइरहेका छन्। तर, यसबारे ऋचा स्वयम् केही बोल्न चाँहदिनन्। मुस्कुराउँदै उही कुरा दोहो-याउछिन्, ‘समय आएपछि भन्छु, धैर्य गर्नुस्, तपाईलाई पनि निम्ता आउँछ।’