काठमाडौं– दिउँसो मात्रै बसेको मन्त्रिपरिषद्को बैठक पुनः बस्दैछ। आकस्मिक रुपमा दोस्रो बैठक बेलुका ५ बजेको लागि बोलाइएको हो
'बैठक बस्ने भनेर खबर आएको छ', एक मन्त्रीले नेपाल लाइभलाई जानकारी दिए, 'एजेन्डाबारे भने खुलाइएको छैन।'
आजै दिउँसो बसेको मन्त्रिपरिषद् बैठले मेडिकल काउन्सिलमा डा भगवान कोइरालालाई नियुक्ति गर्ने लगायतका निर्णय गरेको थियो।
प्रधानमन्त्रीको स्वास्थ्यमा केही दिनयता समस्या आएको छ। मृगौलामा समस्या आएपछि गत बुधबार र बिहीबार प्रधानमन्त्री ओलीको डायलासिस गरिएको थियो।
शनिबार बसेको नेकपा सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य समस्याबारे ब्रिफिङ गरेका थिए।
आज दिउँसोको मन्त्रिपरिषद् बैठकअघि पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परिक्षण गराएका थिए। (फाइल फोटो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।