एजेन्सी- हिन्दी चलचित्र हेर्नेहरूका लागि 'शोले' नयाँ नाम होइन। बलिउडको मशहुर चलचित्र शाेले तत्कालीन समयदेखि अहिलेसम्म पनि उत्तकै सदाबहार मन पराइएको चलचित्रमा पर्दछ।
उक्त चलचित्रमा भएका मध्ये त्यो दृष्य कसैले भुल्न सक्दैन जसमा बसन्ती (हेमा मालिनी) भगवान शिवसँग असल लोग्नेका लागि बर मागिरहेकी हुन्छिन्। यही मौकामा वीरु (धर्मेन्द्र) मुर्तिको पछाडि बसेर शिव बनेर बसन्तीलाई जवाफ दिन्छन्। यही दृष्य सुटिङ गरिएकाे चलचित्रमा रहेकाे उक्त मन्दिर अब सम्झनामा मात्र रहने भएकाे छ।
यो मन्दिर विकासका लागि भत्काउन लागिएकाे हाे। मन्दिर क्षेत्रकाे राष्ट्रिय राजमार्ग २७५, जसलाई बैंगलुर–मैसुर हाइवेको नामले चिनिन्छ। त्यहाँ स्तर उन्नती हुँदैछ। कर्नाटक राज्यको रामनगरमा रहेको यो चट्टानी इलाकामा तत्कालीन समयमा चल्तिका निर्देशक रमेश सिप्पीले आफ्नो सुपर हिट चलचित्र शोलेको सुटिङ गरेका थिए।उक्त चलचित्रमा स्टारहरू सञ्जीव कुमार, अमिताभ बच्चन, अमजद खान र जया बच्चनको समेत अभिनय रहेको छ।
चलचित्रमा गब्बर सिंहको भूमिका निभाएका अमजद खान एक खलनायकको रुपमा देखिएपनि उनले खलनायकी दुनियाँमा हिरोको रुपमा छाप छोडे।
शोलेमा समावेश भएका सलीम–जावेदको भूमिका निभाइरहेका एक के हंगलको लोकप्रिय डाइलग पनि सवैको मानसपट्टलमा ताजै छ। ‘इतना सन्नाटा क्यो हैं भाइ' (यस्तो सुनसान किन छ भाइ)।’ अबकाे विकासले यो क्षेत्र अब यही 'डाइलग'अनुसार सुनसान हुने निश्चित छ। हिमालय ग्रिफिन मिश्रदेखि आउने लामो पखेटा भएको गिद्ध विकासले यो डाँडो भत्काएपछि आउने छैनन्।
रामदेवरा बेट्टा अभययारण्यमा अण्डा पार्ने गर्दथे। जसका कारण यहाँको जीवनचक्र चल्ने गर्दथ्याे। कर्नाटक वल्चर ट्रष्टका शशिकुमार बीले विगत केही वर्षमा पंक्षीहरू प्रजनन्का लागि यहाँ आउन कम भएको बताए। ‘यस क्षेत्रमा विभिन्न देशका गिद्धहरू नोभेम्बरदेखि मार्चसम्म आउने र प्रजनन् गर्ने गरेका थिए’ उनले भने, ‘तर पछिल्ला वर्षमा उनीहरू आउन छाडेका छन्। अब हाइवेको विकासले यसलाई असर गर्ने छ।’
सडक निर्माणका क्रममा हुने विस्फोटले यहाँ आउने आगन्तुक पक्षीहरू तर्सने उनको तर्क छ। तर एक वन अधिकारीले उक्त क्षेत्र संवेदनशील भएकाले विस्फोटक पदार्थको प्रयोगमा निषेध गरिने जानकारी दिए।तर स्थानीयहरूले सडक निर्माण भइरहेको उक्त क्षेत्रमा आसपास नआउनु विस्फोटन हुनसक्छ भन्ने बोर्ड राखेकाले उक्त क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग भइरहेको दाब गरेका छन्।
सन् २००० सम्म रामदेवरा बेट्टा गिद्ध संरक्षण इलाकालाई इको सेन्सेटिभ क्षेत्र घोषणा गरिएको छैन। यो क्षेत्रमा आउने मानिसले चलचित्र सुटिङ गरेको क्षेत्र हेर्दछन र गब्बर सिंह जसरी हिडेर नक्कल गर्ने गर्दछन्।
यो क्षेत्रलाई संरक्षण गर्ने नीति भएपनि त्यो सफल हुन नसकेको एक पूर्वजिल्ला अधिकारीले बताए। हाइवे अभयारण्य भन्दा १० किलोमिटर पर बनाउने जोडवल गरिएको थियो। उक्त क्षेत्रमा शोलेका केही लोकप्रिय दृष्यहरूलाई थ्री डी प्रोजेक्सनमार्फत देखाउनुपर्ने प्रस्ताव समेत भएको छ। तर उक्त कुरा अस्वीकार भएको ती अधिकारीले बताए।
अब यो प्रश्नमात्र सीमित भएको छ। वन्यजन्तुको इलाका संरक्षण, शोलेका यादहरू, गिद्धको प्रजनन् क्षेत्र तथा बलदेब सिंह र उनका सहयोगी वीरु र जयको गब्बरसँगको लडाईं अब याद आउँछ कि आउँदैन? यी याे क्षेत्रका रुचीका कुरा हुन्।
चलचित्र सुटिङ भएको ४४ वर्षपछि पनि बैंगलुरु–मैसुर हाइवेमा हिड्नेहरूका लागि याे स्थल शोलेको सुटिङ स्थलकै रुपमा परिचित छ।
बीबीसी हिन्दीवाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।