• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

पौने २ करोड पर्ने चोरीको टोयोटा 'फर्चुनर' यसरी बनाइयो वैधानिक

सरकारी ढड्डामा महिन्द्रा 'स्कर्पियो' र मारुती 'अल्टो', सडकमा फर्चुनर
64x64
नेपाल लाइभ मंगलबार, कात्तिक १९, २०७६  १७:५१
1140x725

काठमाडौं- भारतबाट चोरी गरेर ल्याइएको जापानी कार उत्पादक कम्पनी टोयोटाको 'फर्चुनर' कार वैधानिक बनाउन खोजेको भेटिएको छ।

भारतबाट ल्याइएको '२०१९' मोडलको दुईवटा फर्चुनर कार यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुनामा दर्ता गरेको पाइएको हो। तर, ती गाडीमा जुन नम्बर राखिएको छ, कार्यालयको रेकर्डमा भने अर्कै गाडी दर्ता छ।

कार्यालयको रेकर्डअनुसार बा२१च ५५६२ नम्बरमा महिन्द्रा कम्पनीको 'स्कर्पियो' गाडी दर्ता भएको देखिन्छ। भारतबाट चोरेर ल्याइएका दुई फर्चुनरमध्ये एक सोही नम्बरमा दर्ता भएको छ। त्यस्तै, चोरीको फर्चुनरमा लगाइएको नम्बर प्लेट बा२१च ४७१६ छ। तर, यातायात कार्यालयको रेकर्डमा यो नम्बरमा मारुती सुजुकीको 'अल्टो-८००' कार दर्ता छ।

नेपाल लाइभले प्राप्त गरेको कागजातअनुसार एकान्तकुनास्थित यातायात कार्यालयमा दर्ता भएका दुवै गाडी दर्ता भएको केही समयमै सरुवा सहमति लिएर अन्यत्र गएको रेकर्डमा उल्लेख छ। बा२१च ४७१६ नम्बरको 'अल्टो-८००' गत फागुन २६ मा दर्ता भएको र चैत ३ मा यातायात व्यवस्था कार्यालय पोखराका लागि सरुवा सहमति दिइएको हो।

त्यस्तै बा२१च ५५६२ नम्बरमा दर्ता देखिएको महिन्द्रा स्कर्पियो एकान्तकुना कार्यालयबाट २०७५ चैत २६ गते यातायात व्यवस्था कार्यालय धनगढीका लागि सरुवा सहमति लिएर गएको कार्यालयको अभिलेखमा उल्लेख छ।

Ncell 2
Ncell 2

यसरी दर्ता भएको सवारी अर्को कार्यालयमा सरुवा सहमति लिएर गएको नम्बरमा टोयोटाको फर्चुनर गाडी दर्ता हुनुले यसमा कार्यालयको समेत मिलेमतो रहेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। उक्त गाडी अवैध रुपमा नेपाल भित्रिएको सम्बन्धमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।

राजस्व अनुसन्धानको टोलीले टोयोटाका दुई कार गत कात्तिक ६ गते नियन्त्रणमा लिएको थियो। चोरीका गाडी दर्तामा संलग्न ३ जनालाई विभागको टोलीले पक्राउसमेत गरेको छ। ‘विभागको टोलीले आवश्यक कागजात संकलन गरेर अनुसन्धान जारी राखेको छ,’ विभाग स्रोतले भन्यो, ‘यस विषयमा केही दिनमा टुंगोमा पुगिन्छ।’

चोरीका गाडी दर्तामा ठूलो गिरोहको संलग्नता रहेको हुनसक्ने विभागले जनाएको छ। भारतबाट चोरेर ल्याइएका पौने २ करोड रुपैयाँ (प्रतिगाडी) पर्ने ती गाडीका कागजातका आधारमा भन्सार जाँचपास भएर भित्रिए र दर्ता भए भन्ने गम्भीर प्रश्न उब्जिएको अनुसन्धानमा संलग्न ती अधिकारी बताउँछन्। राजस्व अनुसन्धान विभागका अनुसार कागजपत्र मिलाएर प्रतिगाडी ९० लाख रुपैयाँमा बिक्री गर्ने तयारी थियो।

लामो अनुसन्धानपछि राजस्व अनुसन्धान विभागले ती गाडी नियन्त्रणमा लिन सफल भएको हो। स्रोतले नेपाल लाइभसँग भन्यो, ‘सूचना आएको झन्डै महिना दिनपछि यी गाडी नियन्त्रणमा लिन सफल भएका हौं। थप अनुसन्धान चलिरहेको छ।’

कात्तिक ६ को मध्यराति गाडीसहित पक्राउ परेका ३ जना व्यक्ति को हुन्, उनीहरुले कसरी यी गाडी भित्र्याए, गाडी किन्न खोज्ने मान्छे को हुन् र कसको योजनामा यति महँगो गाडी वैधानिक बनाएर बेच्न खोजियो भन्नेबारे राजस्व अनुसन्धान विभागले अहिलेसम्म केही बताएको छैन।

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता
सबै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल शनिबार, कात्तिक ८, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा शनिबार, कात्तिक ८, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गायिका नितु पौडेलको उपचारको क्रममा निधन, गायक बाबुलविरुद्ध जाहेरी शुक्रबार, कात्तिक ७, २०८२
प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको लाइन काटियो शनिबार, कात्तिक ८, २०८२
मधेशका मुख्यमन्त्री सोनलले छठ पछि विश्वासको मत लिने शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्