जनकपुर- डा रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था 'नासा'द्धारा सम्मानित भएकी छिन्।
नासाले उनलाई 'अर्ली करिअर पब्लिक अचिभमेन्ट' पुरस्कारबाट सम्मान गरेको हो। धनुषा जन्मिएकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरीमा रिसर्च टेक्नोलोजिस्टका रुपमा कार्यरत छिन्।
सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोमीमा पिएचडी गरेदेखि उनी नासामा कार्यरत छिन्। कुनै कर्मचारीले नासामा आवद्ध भएको पहिलो १० वर्षमा नासा मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गरिन्छ।
साहले नासामा आवद्ध भएको ५ वर्षमै अत्यन्तै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन्। साहले माटोको आद्रता मापन, आद्रभूमि, हिउँको गहिराई र समुद्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।