काठमाडौं– करिब दुई दर्जन व्यक्ति हत्याको आरोपमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलमको बयान अझै सकिएको छैन।
प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिलमा पेश भएपछि जिल्ला अदालत रौतहटमा जन्मकैदको माग गर्दै मुद्दा दर्ता गरेको थियो। त्यसपछि मंगलबार अदालतले आलमको बयान लिन सुरु गरेको थियो।
तर आज बुधबारमा पनि आलमको बयान सकिएको छैन। दिउँसो लामो समय लोडसेडिङ भएका कारण कम्युटर सञ्चालनमा समस्याका आएका कारण आलमको बयान लम्बिएको अदालत स्रोतले जानकारी दिएको छ।
अब आलमको बयान भोलि बिहीबार पनि जारी रहने छ। आलमको बयान सकिएपछि थुनछेक बहस हुन्छ। त्यसपछि अदालतले पुपक्र्षका लागि थुनुमा पठाउने वा धरौटी तथा साधारण तारिकमा रिहा गर्ने भन्ने आदेश गर्नेछ। आलमलाई अब २४ प्रश्न बाँकी रहेको अदालतले जनाएको छ। जम्मा ५५ वटा प्रश्न आलमका लागि तयार गरिएको थियो। यी प्रश्नमा उत्तर अनुसार केही थपघट पनि हुन सक्ने अदालतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।