जनकपुर- सिरहामा आफ्नै श्रीमानले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराका अनुसार कर्जनाह नगरपालिका-२ बन्दीपुर सलहेश टोल बस्ने २८ वर्षीय रामबाबु पासवानले २६ वर्षीया श्रीमती कवितादेवी पासवानमाथि बन्चरो प्रहार गरी हत्या गरेका हुन्।
पासवानले घाँटीलगायत शरीरका विभिन्न भागमा बन्चरो प्रहार गर्दा कविताको घटनास्थलमै मृत्यु भएको प्रवक्ता बोहराले जानकारी दिए।
बुधबार बिहान कविताले मासु किनेर खाने भन्दै श्रीमानसँग पैसा मागेकी थिइन्।
तर श्रीमानले पैसा नदिएपछि सुरु भएको विवाद हत्यासम्म पुगेको प्रहरीले जनाएको छ।
घटनापछि पासवान फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।