वीरगञ्ज- चलचित्र निर्माता संघको आयोजनामा आजबाट वीरगन्जमा तीन दिने स्वर्णिम चलचित्र महोत्सव सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महोत्सवको उद्घाटन दिउँसोको १२ः३० मा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ।
उद्घाटनअघि आयोजकले वीरगन्जमा प्रभातफेरी कार्यक्रम आयोजना गर्यो। जहाँ राजधानीबाट आएका दर्जनौं कलाकारलाई हिडाँएर वीरगन्ज घुमाइयो। वीरगन्जस्थित घण्टाघरबाट सुरु भएको प्रभातफेरी आदर्शनगर रंगशाला पुुगेर टंगिएको थियो।
प्रभातफेरीमा कलाकारहरू बसुन्धारा भुुषाल, भुवन चन्द, भुवन केसी, सुनिल थापा, सरोज खनाल, विराज भट्ट, निरुता सिंह, झरना थापा, वर्षा राउत, वर्षा शिवाकोटी, निता ढुुंगाना, छुुल्ठिम गुरुङ, पुुष्प खड्का, दीपकराज गिरी, दीपाश्री निरौला लगायत दर्जनौं कलाकार सहभागी थिए।
वीरगन्ज पुगेका नेपाल लाइभ सहकर्मी अनिल यादवले कैद गरेका केही तस्बिर :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।