काठमाडौं- नेकपाका स्वर्गीय नेता रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की क्षेत्र नम्बर २ मा मनोनयन धमाधम चलिरहेको छ।
पर्यटनमन्त्री रहेको अवस्थामा हेलिकोप्टर दुर्घटनामा परी अधिकारीको मृत्युपछि रिक्त रहेको उक्त स्थानमा मंसिर १४ गते उप निर्वाचन हुँदैछ।
उक्त क्षेत्रमा हुने उपनिर्वाचनमा मुख्य रुपमा नेपाली काँग्रेस र नेकपाबीचमा प्रतिस्पर्धा हुने देखिन्छ।
उक्त क्षेत्रमा विगत ३ पटक अधिकारीले जित्दै आएका थिए। त्यसैले नेकपाका लागि उक्त क्षेत्रको जित आफ्नो विगतको छवि कायम राख्नुसँग जोडिएको छ भने नेपाली काँग्रेसका लागि किल्ला भत्काएर नयाँ बनाउने अभियानसँग जोडिएको छ।
उक्त क्षेत्रमा नेकपावाट रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईले मनोनय दर्ता गराएकी छन् भने नेपाली काँग्रेसवाट खेमराज पौडेले उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै साझा पार्टी रजनी केसी र विवेकशील नेपालीका तर्फवाट जमुना शर्मा र राप्रपा नेपालवाट रोमबहादुर भण्डारी उम्मेदवार रहेका छन्। त्यसैगरी स्वतन्त्रमा कमलजंग कुँवर र यज्ञप्रसाद पंगेनीले उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस बीपीका चन्द्रबहादुर रानाभाट।
कसले के भने?
ट्रम्पले जित्छन भन्ने कसले सोचेकको थियो : नेका उम्मेदवार पौडेल
कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले उपचुनाव सरकारलाई सही बाटोमा हिँडाउने अवसर भएको बताएका छन्।
प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुने एक मात्र क्षेत्र हो कास्की २मा मनोनयनपछि बोल्दै कम्यनिष्टहरुको किल्ला अब तोडिने बताए।
कांग्रेस उम्मेदवार पौडेलले भने नेकपाले आफ्नो बाचा पूरा नगरेकाले जनताले यो पटक आफूलाई चुन्ने बताए।
पटक-पटक कांग्रेस हारेको क्षेत्र हो, जितको आधार के भन्ने प्रश्नमा उनले भने, ‘कहिले कसले जित्छ, कहिले कसले । अमेरिकामा ट्रम्पले जित्छन् भने थियो र?’
यस पटक नेपाली काँग्रेसले मात्रै जित्ने उनले दाबी गरे।
मेरो जित सुनिश्चित छ : विद्या भट्टराई
स्वर्गीय रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईले नेकपाका तर्फबाट उमेदवारी दर्ता गराउँदै आफ्नो जित निश्चित रहेको बताइन्।
उम्मेदवारी दर्तापछि नेकपा भट्टराईले प्रतिष्पर्धामा सबै दल आउनु स्वाभाविक भएको बताइन्।
उनले रविन्द्र अधिकारीको योगदान समेतलाई जनताले मूल्यांकन गर्ने भन्दै यस पटक कास्कीका जनताले आफूलाई जिताउनेमा आफू ढुक्क रहेको उनले बताइन्।
‘विद्या भट्टराई नै किन भन्ने कुरा आएको छ। विद्या भट्टराईको हिजो पनि राजनीतिमा योगदान छ,’ उनले भनिन्, ‘समावेशी राजनीतिमा महिलाको भूमिका महत्वपूर्ण पनि छ। पार्टीले दिएको जिम्मेवारी पूरा पनि गर्न म मैदानमा आएको हुँ।’
उनले रवीन्द्रको योगदानसँग पनि आफ्नो भूमिका जोडिएको बताइन्।
रवीन्द्रसँगको भावनात्मक सम्बन्धका कारणले पनि मतदाताले आफूलाई नै रोज्ने उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।