एजेन्सी- ट्विटरका दुई पूर्वकर्मचारीलाई साउदी अरबका लागि जासुसी गरेको आरोप लागेको छ। साउदी एजेन्टहरूले साउदी अरबको सरकारका आलोचक र ट्विटरका केहि प्रयोगकर्ताहरूको सूचना मागेको आरोप लागेको छ।
आराेप लाग्नेमा अमेरिकी नागरिक अहमद अबुउआमो र साउदी अरबका अलि अलजबरा रहेकाे बताइएको छ। यी दुई बाहेक साउदी नागरिक अहमद अलमुतैरीमाथि पनि जासुसीको आरोप लागेको छ। अलमुतरीमाथि ती दुई एजेन्ट र साउदी अधिकारीहरूबीच मध्यस्थकर्ताको भुमिका निभाइरहेका थिए। बुधबार सिएटलको अदालतले अहमद अबुउआमोलाई हिरासतमा पठाएको छ। उनीमाथि डकुमेन्ट्स हेराफेरी र एफबीआईबाट गलत बयानको पनि आरोप छ।
अबुउआमोले सन् २०१५ मा ट्विटरकाे आफ्नो मिडिया पार्टनरसिप मेनेजरको जागिर छाडेका थिए। अली अलजबरा र अहमद अलमुतैरी दुवै अहिले साउदी अरबमा भएको बताइएको छ। ट्विटरमा इन्जिनियर भइसकेका अलजबराले सन् २०१५ मा छ हजारभन्दा बढि ट्विटर प्रयोगकर्ताको व्यक्तिगत विवरणको बारेमा खोज गरेका थिए। खोजकर्ताका अनुसार उक्त घटनामा सुपरभाइजरले प्रभाव पारेका थिए र अलजबरालाई छुट्टीमा पठाएका थिए।
तत्पश्चात् अलजबरा‚ उनकी पत्नी र छोरीका साथ साउदी अरब गएका थिए। ट्विटरको एक बयानमा‚ ‘ट्विटरको सेवालाई कमजोर बनाउने कोशिसमा मान्छे कुन हदसम्म जान सक्दारहेछन् भनेर हामी नियाली रहेका छौं’ लेखिएकाे छ। साथै ‘यसका कारण ट्विटर प्रयोगकर्तालाई परेको समस्यालाई हामीले बुझेका छौं। हामीसँग प्रयोगकर्ताको गोपनियतालाई रक्षा गर्नसक्ने टुल्स छ।’ ट्विटरले भनेको छ।
मध्यपूर्वका लागि साउदी अरब अमेरिकाको एक महत्त्वपूर्ण साझेदार देश रहँदै आएको छ। पत्रकार जमाल खसोगीको हत्यापछि अन्तर्राष्ट्रियस्तरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको निन्दाको बावजुद पनि अरबसँग घनिष्ठ सम्बन्ध कायम छ।
खसोगी २ अक्टोबरमा इस्ताबुलस्थित साउदी वाणिज्य दुतावास गएका थिए। जहाँ उनको हत्या गरिएको थियो। उनी साउदी सरकारको आलोचक मानिएका पत्रकार थिए।
बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।