काठमाडौं– विदेशी निकायहरुको सम्बन्धनमा नेपालमा सञ्चालित १५ शिक्षण संस्था खारेज गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ।
नेपालको नीति र प्रणालीअनुसार तुरुन्तै खारेज गर्न मिल्ने भए पनि न्यायिक दृष्टिकोणले पहिलोपटक प्रक्रिया पूरा गर्न १५ दिनको समय दिइएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्।
खारेजीमा पर्न लागेका कलजेहरु काठमाडौंका वाइल्ड इन्स्टिच्युट अफ एडभान्स, ब्रिज वाटर इन्टरनेसनल, मल्पी इन्टरनेसनल कलेज, क्यापिटल कलेज, एभेरेष्ट एजुकेसन, काठमाडौं भ्याली, सारिन भ्याली कलेज, पेन्टागन एजुकेसन, एपेक्स लाइफ स्कुल र साउथ वेस्टन कलेज छन्।
त्यस्तै स्काई इन्टरनेसनल कलेज, बुटवल, वेस्टन मेगा कलेज, बुटवल, वेस्टन विजनेस कलेज, धनगढी र कसमस इन्टरनेसनल कलेज, पोखरा पनि खारेजीको प्रक्रियामा सामेल भएका हुन्।
‘यिनीहरुले हाम्रो प्रणालीमा रहेर कार्यान्वयन गर्न अटेर गरेकाले सरकार बाध्य भएर खारेज गर्ने निष्कर्षमा पुगेको हो,’ शिक्षामन्त्री पोखरेलले भने।
सबै कलेजहरुले नियमविपरीत चलिरहेको, नवीकरण नगरेको र राजस्व नतिरेको लगायत कमजोरी देखिएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।