• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

चोरीका टोयोटा 'फर्चुनर' वैधानिक प्रकरण-२ : २५ लाख भारुमा किनेर प्रतिगाडी ६० लाख रुपैयाँमा 'डिल'

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २२, २०७६  ०६:२६
1140x725

काठमाडौं- भारतबाट चोरी गरेर ल्याई नेपालमा वैधानिक बनाइएका गाडी २५ लाख भारतीय रुपैयाँमा किनिएको पाइएको छ। चोरी गरेर ल्याउनेले टोयोटाको नयाँ दुईवटा 'फर्चुनर' कार जम्मा २५ लाख भारतीय रुपैयाँमा (४० लाख रुपैयाँ) गिरोहले किनेको भेटिएको हो।

उक्त कारमा यातायात कार्यालयको कर्मचारीको संलग्नतामा नम्बर प्लेटसमेत लगाई सकिएको थियो। यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुनामा वैधानिक रुपमा दर्ता भएका ती सवारीलाई सरुवा सहमति (स्थानान्तरण) दिइसकिएको राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट खुलेको छ। वैधानिक रुपमा दर्ता भएका गाडीलाई सरुवा सहमति दिइएसँगै चोरीका गाडीमा उल्लेखित नम्बर स्वतः वैधानिक बनाउन खोजिएको देखिन्छ।

भारतबाट ल्याइएको '२०१९' मोडलको दुईवटा फर्चुनर कार यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुनामा दर्ता भएको छ। तर, ती गाडीहरु जुन नम्बरमा दर्ता भएका छन्, कार्यालयको रेकर्डमा भने अर्कै गाडी दर्ता गरिएको छ।

कार्यालयको रेकर्डअनुसार बा२१च ५५६२ नम्बरमा महिन्द्राको 'स्कर्पियो' गाडी दर्ता भएको छ। भारतबाट चोरेर ल्याइएका दुईवटा फर्चुनरमध्ये एक सोही नम्बरमा दर्ता भएको छ। त्यस्तै, चोरीको अर्को फर्चुनरमा लगाइएको नम्बर प्लेट बा२१च ४७१६ रहेको छ। तर, कार्यालयको रेकर्डमा यो नम्बरमा मारुती सुजुकीको 'अल्टो ८००' दर्ता छ।

नेपाल लाइभले प्राप्त गरेको कागजातअनुसार एकान्तकुनास्थित यातायात कार्यालयमा दर्ता भएका दुवै गाडी दर्ता भएको केही समयमै सरुवा सहमति लिएर अन्यत्र गएको रेकर्डमा उल्लेख छ। बा२१च ४७१६ नम्बरको 'अल्टो-८००' गत फागुन २६ मा दर्ता भएको र चैत ३ मा यातायात व्यवस्था कार्यालय पोखराका लागि सरुवा सहमति दिइएको हो।

Ncell 2
Ncell 2

त्यस्तै, बा२१च ५५६२ नम्बरमा दर्ता देखिएको महिन्द्रा स्कर्पियो एकान्तकुना कार्यालयबाट २०७५ चैत २६ गते यातायात व्यवस्था कार्यालय धनगढीका लागि सरुवा सहमति लिएर गएको कार्यालयको अभिलेखमा उल्लेख छ।

राजश्व अनुसन्धान विभागले कात्तिक ६ गते दुईवटा टोयोटा फर्चुनरलाई कागज कीर्ते गरी वैधानिक बनाउन संलग्न ३ जनालाई पक्राउ गरेको छ। अनुसन्धान जारी रहेकाले यसमा संलग्नहरुबारे केही खुलाउन नमिल्ने विभाग स्रोतको भनाइ छ। ‘गाडी स्वरुमबाटै विभागको टोलीले उनीहरुलाई पक्राउ गरेको हो,’ स्रोतले भन्यो, ‘चोरीका गाडी वैधानिक बनाई किन्ने व्यक्तिसमेत तयार गरिसकेको भेटिएको छ।’

जुन नम्बरमा टोयोटा फर्चुनर दर्ता भएको छ, ती नम्बरमा दर्ता भएका गाडी एकान्तकुना कार्यालयबाट सरुवा सहमति दिएर अन्य कार्यालयमा पठाइएको छ।

चोरी गरी ल्याइएका गाडी वैधानिक बनाउने प्रक्रियामा भन्सारदेखि यातायात व्यवस्था कार्यालय एकान्तकुनासम्मको संलग्नता रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। महँगो गाडी सस्तोमा पाउने भएपछि किन्ने मानिससमेत तयार भएको र यातायात कार्यालयका कर्मचारीहरु रकमको लोभमा कीर्ते काममा लागेको ती अधिकारीको भनाइ छ।

उनका अनुसार २५ लाख भारुमा भित्राइएकोमा वैधानिक बनाएसँगै प्रत्येक गाडीलाई ६० लाख रुपैयाँमा बेच्न खोजिएको अनुसन्धानबाट खुलेको उनले बताए। टोयोटा फर्चुनर म्यानुअल ट्रन्समिसनको नेपाली बजार मूल्य करिब १ करोड ६५ लाख तथा अटोमेटिक ट्रान्समिसनको १ करोड ७२ लाख पर्छ।

भारतीय नम्बर प्लेटका गाडी ५ सय रुपैयाँ दैनिक राजश्व तिरेर नेपाल ल्याउन पाइन्छ। त्यसैगरी आएका दुईवटा टोयोटा फर्चुनरलाई नेपाली नम्बर प्लेट राखी कागजात नक्कली बनाएर पेस गरेको पाइएको विभागको भनाइ छ। यसअघि यातायात व्यवस्था कार्यालय धनगढीमा समेत चोरीका गाडी दर्तामा संलग्नलाई यातायात व्यवस्था विभागले कारबाही गरेको थियो।

यो पनिः

पौने २ करोड पर्ने चोरीको टोयोटा 'फर्चुनर' यसरी बनाइयो वैधानिक

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  ०६:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो रहनेछ देशभरको मौसम
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि
मन्त्रिपरिषद् बैठक : सरकारी कामको निवेदनमा हुलाक टिकट अनिवार्य टाँस्ने प्रचलन खारेज
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
आज यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस २, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
मन्त्रिपरिषद् बैठक : सरकारी कामको निवेदनमा हुलाक टिकट अनिवार्य टाँस्ने प्रचलन खारेज मंगलबार, पुस १, २०८२
हिंसा भड्काएको अभियोगमा मुस्लिम धर्मगुरुलाई ३५ वर्ष जेल मंगलबार, पुस १, २०८२
भ्रष्टाचार मुद्दामा जोडिएका जेन-जी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष थापाले दिए राजीनामा मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्