काठमाडौं- चलचित्रकर्मी गोविन्द शाही पक्राउ परेका छन्। शाहीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले पुष्टि गरे।
प्रधानका अनुसार पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले सहयोग मागेकाले उनलाई पक्राउ गरेर बुझाइएको हो।
उनलाई महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। कालिमाटीका डिएसपी रुगम कुवँरले अदालतले पक्राउ गरेर बुझाउन भन्दै पक्राउ पुर्जी जारी गरेकाले शाहीलाई पक्राउ गरिएको हो। उनलाई शुक्रबार अदालत उपस्थित गराइने छ।
उनीमाथि ठगीको आरोप लागेको छ। फिल्म लिलीबिली विवादमा उनले दिनुपर्ने रकम नदिएको भन्दै निर्माता सुदिप खड्काले उजुरी दिएका थिए।
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘घामड शेरे’ को प्रिमियरको लागि उनी भक्तपुर पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।