काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मञ्जीवसिंह पुरीसमक्ष कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको बताएका छन्।
बिहीबार राजदूत पुरीलाई फोन गरी नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य भएको बताएका उनले बताएका हुन्।
यसका साथै भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्साप्रति नेपाली कांग्रेसको ध्यानकर्षण भएको समेत बताएको उनले गरेको ट्विटमा उल्लेख गरिएको छ।
देउवाले राजदूत पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण समेत गराएको जनाइएको छ।
यसका साथै कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति जारी गरी कांग्रेसले यसबारे साझा मत बनाउन र त्यसअनुसार कूटनीतिक माध्यमद्वारा समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।
देउवाले मन्जीवसँग वार्ता गरेको सार्वजनिक गर्ने बित्तिकै सत्तारुढ दल नेकपाका नेता तथा विदेश उपप्रमुख विष्णु रिजालले उनको संवाद शैली कुटनीतिक प्रचलन विपरित भएको भन्दै आपत्ति जनाएका छन्।
नेता रिजालले देशको भूभागका बारेमा दल र नेताले चिन्ता गर्नु स्वाभाविक भएको उल्लेख गर्दै विपक्षी दलका नेताले सिधै विदेशी राजदूतसँग कुरा गर्न नमिल्ने तर्क अघि सारेका छन्।
देउवा र पार्टी प्रवक्ता विश्वप्रकाशलाई उनको प्रश्न छ,‘यही मौकामा दुईचार कुरा गरिहालौं भनेर हो भने बेग्लै कुरा, नत्र चारपटक प्रम भएका कांग्रेस सभापतिलाई कूटनीतिक प्रचलन थाहा हुनुपर्ने होइन र?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।