काठमाडौं- नेपालमा मंसिर १५ देखि २४ गतेसम्म हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा ३ हजार २ सय ९ खेलाडी सहभागी हुने भएका छन्।
नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको खेलाडी संख्याअनुसार सबैभन्दा धेरै नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुने भएका छन्।
यस्तै श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भारतबाट ४ सय ६१, पाकिस्तानबाट ४ सय १३, माल्दिभ्सबाट ३ सय ३२ र भुटानबाट ४ सय ४२ खेलाडी सहभागी हुने भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यसअघि अफगानिस्तानले पनि सहभागिताका लागि पहल गरिरहेको जनाएको थियो। तर, मार्सल आर्ट बिधामा नेपालले अफगानिस्तानलाई सहभागी हुन नदिने भएपछि अफगानिस्तान कुनै पनि खेलमा सहभागी नहुने भएको छ। मध्यपूर्वी एसिया छाड्दै दक्षिण एसियामा फर्कने निर्णय गरेको अफगानिस्तानले १३ औँ सागमा सहभागिताका लागि प्रयास गरिरहेको थियो।
त्यसमा एसियन ओलम्पिक काउन्सिलले पनि अफगानिस्तानलाई सागमा सहभागी गराउन दक्षिण एसियाली ओलम्पिक काउन्सिलसँग छलफल गरेको थियो। तर नेपाललाई पदक आउने खेलमा पदक गुमाउने डर रहँदा अफगानिस्तानको सहभागिता तुहिएको हो।
कुन देशबाट कुन खेलमा सहभागिता ?
नेपाल २७ खेल – आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइकलिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कराते, कबड्डी, खोखो, प्याराग्लाइडिङ, सुटिङ, स्विमिङ, स्वाक्स, टेबलटेनिस, टेनिस, तेक्वान्दो, ट्रायथलन, भलिबल, भारत्तोलन, रेस्लिङ र उसु।
श्रीलंका २५ खेल – आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, साइकलिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्विमिङ, स्वाक्स, टेबलटेनिस, टेनिस, तेक्वान्दो, ट्रायथलन, भलिबल, भारत्तोलन, रेस्लिङ र उसु।
बंगलादेश २५ खेल – आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइकलिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्विमिङ, स्वाक्स, टेबलटेनिस, टेनिस, तेक्वान्दो, भलिबल, भारत्तोलन, रेस्लिङ र उसु।
पाकिस्तान १८ खेल – एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, गल्फ, ह्यान्डबल, कराते, कबड्डी, सुटिङ, स्विमिङ, स्वाक्स, टेबलटेनिस, टेनिस, तेक्वान्दो, भलिबल, भारत्तोलन, रेस्लिङ र उसु।
भारत १७ खेल – एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइकलिङ, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, खोखो, सुटिङ, स्विमिङ, स्वाक्स, ट्रायथलन, भलिबल, भारत्तोलन र उसु।
भुटान १४ खेल – आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, क्रिकेट, फुटबल, गल्फ, जुडो, कराते, सुटिङ, टेनिस, तेक्वान्दो र भारत्तोलन।
माल्दिभ्स ११ खेल – एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, सुटिङ, स्विमिङ, टेबलटेनिस, टेनिस र भलिबल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।