बैतडी- बैतडीमा ट्याक्टर दुर्घटना भएको छ। पाटन नगरपालिका–६ कद्वारनजिक खोलामा शनिबार बिहान ट्याक्टर दुर्घटनामा परेकाे हाे। दुर्घटनामा ८ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन्। घाइतेको परिचय खुल्न सकेको छैन्। पाटनबाट सडकमा काम गर्नका लागि मजदुर बोकेर हिडेंको ग्वाल्लेक निर्माण सेवाको लु ३ प ३६८१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायव निरीक्षक वीरभद्र खडायतले जानकारी दि। दुर्घटनाको कारण खुल्न सकेको छैन्। ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।