काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर र बाबरी मस्जिदबीचको विवादमा भारतीय अदालतले गरेको फैसलाई कसैको जित या हारका रुपमा हेर्न नुहने बताएका छन्।
दशकौं लामो विवादमाथि भारतीय सर्वोच्च अदालतले शनिबार अयोध्याको विवादित स्थल राम मन्दिरको हुने फैसला गरेको छ।
मस्जिदका लागि भने छुट्टै ५ एकड जमिन दिन अदालतले आदेश दिएको छ।
मोदीले अदालतको फैसलाप्रति प्रतिक्रिया जनाउँदै ट्वlटरमा भनेका छन्, ‘देशको सर्वोच्च अदालतले अयोध्यामाथि फैसला सुनाएको छ। यो फैसलालाई कसैको जित र कसैको हारका रुपमा लिनु हुँदैन।’
यो समय भारत भक्तिको भएको भन्दै मोदीले देशबासीलाई शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेका छन्।
‘रामभक्ति होस् या इश्वर भक्ति यो समय हामी सबैका लागि भारतभक्तिको भावनालाई सशक्त गर्ने हो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘देशवासीलाई मेरो अपील छ कि शान्ति, सदभाव र एकता बनाइ राख्नुहोस्।’
सर्वोच्च अदालतको फैसाल कैंयौ मानेमा महत्वपूर्ण रहेको भन्दै मोदीले कुनै पनि विवादलाई सुल्झाउन कानुनी प्रक्रिया कति महत्वपूर्ण हुन्छ भन्ने यसले देखाएको उल्लेख गरेका छन्।
सबै पक्षलाई आआफ्ना कुरा राख्ने मौका दिएको भन्दै मोदीले अदालतले दशकौं पुरानो विवादमा सौहार्दपूर्ण तरिकाले समाधान गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।