टुँडिखेलमा दरबार हाइस्कुल निर्माण गरिरहेको चिनियाँ कम्पनी सांघाइ कन्सट्रक्सन ग्रुपले राखेको निर्माण सामग्री। टुँडिखेल अतिक्रमणमा परेपछि अभिन्ताहरू जुर्मुराएका छन्। तस्बिरः निमेषजंग राई
काठमाडौं- ‘खुला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’, ‘टुँडिखेल कसको विर्ता? अब जनताले लिनेछ फिर्ता' ।
शनिबार ‘अकुपाई टुँडिखेल’अभियानको मानवसाङ्लोमा घन्किएका नारा हुन् यी। तर, टुँडिखेल (खुलामञ्च)को विगत ठ्याक्कै उल्टो हो।
ठूला-ठूला राजनीतिक आन्दोलनदेखि हेपिएका, दबिएकाहरुले आफ्नो आवाज शासकका कानसम्म ठोक्काउने थलो हो, खुलामञ्च।
हुन त अहिले डिजिटल प्लेटफर्मले परम्परागत पब्लिक स्फेयर (सार्वजनिक वृत्त)को ठाउँ ओगटिरहेका छन्। तर, कुनै पनि मुलुकमा प्रजातन्त्र कत्तिको बलियो छ भनेर मापन गर्ने आधारहरुमध्य यस्ता सार्वजनिक ठाउँहरु हुन्।
अरुको अधिकारका लागि सधा खडा भएको खुलामञ्च अहिले आफैं अधिकार खोसिएको अवस्थामा छ। विभिन्न बहानमा अहिले खुलामञ्च छियाछिया पारिएको छ।
खुलामञ्चको एउटा कुनातिर अस्थायी वषपार्क भन्दै स्थायी संरचना खडा गरिएको छ। अर्को कुनातिर दरबार हाइस्कुल निर्माण गरिरहेको चिनियाँ कम्पनी सांघाइ कन्सट्रक्सन ग्रुपले अड्डा जमाएर बसेको छ। उसले त्यहाँ स्थायी खालका संरचना बनाएको। बीचको भागमा पनि मजदूरहरुले सटर खडा बनाएर आफ्नो बासस्थान खडा गरेका छन्।
खुलामञ्चको बाँकी भाग पनि फोहोरको डंगुरले भरिएको छ। समग्रमा भन्दा खुलामञ्च अहिले खुला छैन। खुलामञ्चले आफ्नो पहिचान गुमाएको छ।
काठमाडौंको ‘प्राकृतिक फोक्सो’को काम गरिरहे खुलामञ्च भूखण्डहरमा बदलिएपछि अहिले अभियन्ताहरु जुर्मुराएका छन्। अकुपाई टुँडिखेलका नाममा सुरु भएको तीन महिने अभियानको पहिलो साता मानाव सांङ्लो बनाएर प्रदर्शन गरिएयो।
अभियानलाई साथ दिन सम्पदा संरक्षणकर्ता, कलाकार, पत्रकार, राजनीतिज्ञ, प्राध्यापक, चिकित्सक लगायत शनिबार बिहान ८ बजे खुलामञ्चमा पुगेँ। खुलामञ्चलाई हेर्ने मानव साङ्लोमा जोडिए। खुलामञ्च खाली गर्न आग्रह गरे।
निरन्तर तीन महिना
अभियानकर्तामध्येका एक आलोकसिद्ध तुलाधरले अकुपाई टुँडिखेल अभियान निरन्तर तीन महिना चल्ने घोषणा गरे। उनका अनुसार साताको प्रत्येक शनिबार फरक—फकर कार्यक्रम गरेर यो अभियानलाई अघि बढाइने छ।
तीन महिना भित्रै खुलामञ्च भित्र बनेका संरचना खाली गराउने उदेश्यसहित अभियानमा कुनै साता कविहरूलाई खुलामञ्च केन्द्रित कविता भन्न लगाइनेछ। कुनै साता टुँडिखलेका पुराना तस्बिर प्रदर्शन गरिने छ भने कुनै साता चित्रकारलाई बोलाएर पेन्टिङ गर्न लगाइने छ।
सधैका र्यालीहरु राजनीतिक आन्दोलनका लागि हुने समयबाट गुज्रिएको नेपालमा अब त्यसको विधिकरणतर्फ गइरहेको संकेत अकुपाइ टुँडिखेल हो।
संम्पदा संरक्षण, वतावरण संरक्षण जस्ता विषयमा आन्दोलन, प्रदर्शन देखिनु समाजिक, राजनीतिक सेचतनाको सूचक हो।
फर्किएला पुरानै साख?
सांस्कृतिक सम्पदाको धनी छ, काठमाडौं। विभिन्न पर्व, जात्रा ढुक्कले मनाइने थलो हो, खुलामञ्च।
सांस्कृतिक गरिमा मात्रै होइन, खुलामञ्चले राजनीतिक गरिमा पनि बोकेको थियो विगतमा। ठूला-ठूला राजनीतिक आन्दोलनमा सगर्व लिइने नाम खुला मञ्चकै हो।
२०४६ सालको परिवर्तनपछि गिरिजा, गणेशमानहरुले यहीँ आएर भाषण गर्थे। मदन भण्डारी खुलामञ्चमै गएर राजालाई लल्कार्थे। प्रचण्ड, बाबुरामलाई पनि साहायता गरेकै हो, खुला मञ्चले। धेरै परिवर्तनकामी आन्दोलनको साक्षी बनेर श्रद्धा कमाएको खुलामञ्चको अहिले बेहाल छ। खुलामञ्च बिर्सिरहेका छन्, राजनीतिज्ञहरु।
गुमेको खुलामञ्चको पुरानो साख फर्किएला? यसको जवाफ भने राजनीतिज्ञहरुको संवेदनशिलता, अभियान्ताहरुको सक्रियता र सरकारको ‘एक्सन’ कस्तो देखिन्छ भन्नले देला।
सबै तस्बिरः निमेषजंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।