काठमाडौं- न्युहोल्यान्डका कन्स्ट्रक्सन इक्युप्मेन्ट नेपालमा आयात भई बिक्री रहेको छ। विगत ३ वर्षदेखि बिक्री भएको न्युहोल्यान्डका ५ सयभन्दा बढी इक्युपमेन्ट बिक्री भइरहेका छन्।
हाल फियाट ग्रुपअन्तर्गत रहेको केस न्युहोल्याण्डको (सिएनएच) नामबाट ‘न्युहोल्यान्ड’ र ‘केस’ दुई ब्रान्डका कन्स्ट्रक्सन इक्युप्मेन्ट विश्वभर उत्पादन तथा बिक्री भइरहेका छन्।
नेपालमा न्युहोल्यान्ड एग्रिकल्चर तथा कन्स्ट्रक्सन इक्युप्मेन्टहरु भुषाल समूहअन्तर्गतको बिएस मोर्टसले आयत गरी राशी अटोमोबाइल्समार्फत् बिक्री गर्ने गरी दुई कम्पनीबीच समझदारी भएको छ।
भूषाल समूहले बुटवलमा आधारित रही व्यापारिक क्रियाकलापहरु अगाडि बढाउँदै आएको छ।
भुषाल समूहका बालकृष्ण भुषालले करिब ३० वर्ष अघिदेखि ट्याक्टर आयात गरी बिक्री गर्दै आएका छन्।
भुषाल समूहले भैरहवामा पाँचतारे होटलसमेत निर्माण गरिरहेको छ। रियल स्टेटको क्षेत्रमा पनि भुषाल समूह आफूलाई राम्रोसँग स्थापित गर्न सफल भएको छ।
भुषाल समूहले आयात गर्दै आएको न्युहोल्यान्ड कन्स्ट्रक्सन इक्युप्मेन्ट अबदेखि नेपालभर बिक्रीवितरण सम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी राशी अटोमोबाइल्ससँग सहकार्यको सम्झौता भएको छ।
यो सम्झौता अनुसार भुषाल समूह अन्तर्गतको बिएस मोर्टसले न्युहोल्यान्ड कन्स्ट्रक्सन इक्विप्मेन्टहरु आयात मात्र गर्ने र नेपाली ग्राहकहरुले राशी अटोमोबाइल्स र यस अन्र्तगतका डिलरमार्फत खरिद गर्न सक्ने छन्।
अटोमोबाइल क्षेत्रका अर्जुन रानाभाट र कपिल शिवाकोटीको संयुक्त लगानीमा स्थापित कम्पनी राशी अटोमोबाइल्सले न्युहोल्याण्डका इक्विपमेन्ट बिक्री गर्नेछ।
कम्पनीले सातदोबाटोसहित देशका विभिन्न स्थानमा सर्भिस सेन्टर तथा शोरुम स्थापना गरेको प्रबन्ध निर्देशक कपिल शिवाकोटीले जनाकारी दिए।
राशी अटोमोबाइल्स अन्तर्गत १६ स्थानमा डिलरहरु स्थापना गरी सञ्चालन गरिने उनको भनाइ छ।
हाल ९ स्थानमा डिलर स्थापनाभई सञ्चालनमा आईसकेका छन्।
नेपालभरका डिलरहरुबाट न्युहोल्यान्ड कन्स्ट्रक्सन इक्विपमेन्ट ब्याक्हो लोडर, सोइल कम्प्याक्टर, भाइब्रेटर रोलर, टेन्डम रोलरलगायत मेसिन उपलब्ध गराएको छ।
बिक्री पछिको सेवालाई कम्पनीले उच्च प्राथमिकता दिएको राशी अटोमोबाइल्सका प्रबन्ध निर्देशक शिवाकोटीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।