फैसला भएको मुद्दाको कागज लिन ६० हजार घुस माग, अख्तियारको फन्दामा अदालतका कर्मचारी

काठमाडौ- फैसला भएको मुद्दाको कागज उपलब्ध गराउन ६० हजार घुस माग्ने जिल्ला अदालतका रुकुमका नासु रमेशकुमार खड्का १५ हजार घुससहित अख्तियारको फन्दामा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अप्रेसनको टोलीले उनलाई पछ्याउँदै आइतबार घुससहित पक्राउ गरेको हो। अदालतबाट फैसला भईसकेको एक जग्गा मुद्दाको जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउन नासु खड्काले सेवाग्राहीसँग ६० हजार घुस रकम मागेका थिए।
फैसला भएपछि स्वतः पाउनुपर्ने कागजका लागि उनले ६० हजार रकम माग गरेका थिए। उक्त रकम धेरै भएको सेवाग्राहीले बताएका थिए। तर कम रकममा आफूले उपलब्ध गराउन नसक्ने भन्दै उनले चेतावनी दिएका थिए। अन्त्यमा नासु खड्का १५ हजार रुपैयाँमा कागज उपलब्ध गराउन सहमत भएका थिए।
त्यसपछि पक्षले अख्तियारमा सूचना गरे। स्वत कागज पाउनुपर्नेमा यसरी रकम मागेपछि अख्तियारले नासुविरुद्ध स्टिङ अप्रेसन चलाएको थियो।
अख्तियारको योजना अनुसार पक्षलाई १५ हजार रुपैयाँ दिएर पठाएको थियो। उक्त रकम पक्षसहित पक्षले नासु खड्कालाई रुकुम पश्चिम मुसिकोट नगरपालिकास्थित राप्ती होटल एन्ड लजमा बोलाइएको थियो।
जिल्ला प्रहरी कार्यालय जाने बाटोमा रहेको उक्त होटलमा पैसा लिइरहेको अवस्थामा अख्तियारले स्टिङ गरेको थियो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।
अख्तियारले थप अनुसन्धानपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने जानकारी दिएको छ। पछिल्लो समय अख्तियारले अदालतका कर्मचारीहरु धमाधम स्टिङ अप्रेसनमा फस्दै आएका छन्।
केही दिन पहिले अख्तियारले सर्वोच्च अदालतभित्रै स्टिङ अप्रेसन चलाएको थियो।
- अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड
- नेपालसँग सिमासम्बन्धी बैठक कहिले हुन्छ भन्न सकिँदैन : भारत
- काठमाडौंमा भूकम्पको धक्का
- नेपाल लाइभ समाचार [भिडियो]
- प्रवक्ताबाट रिटायर्ड हुन राजनीतिमा आएको होइन : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]
- उधौलीको रौनक [फोटोफिचर]
- संस्थापन इतर पक्षले बैठक बहिष्कार गर्दागर्दै देउवाले थपे १३ विभाग (४१ विभागका नामावलीसहित)
- बंगलादेशका विदेशमन्त्री र गृहमन्त्रीद्वारा अन्तिम समयमा भारत भ्रमण रद्द
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- ट्याक्सी खोज्न ‘ट्याक्सीमान्डु’ एप सुरु
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- विकल्पमा राखिएका खेलाडीले जिते स्वर्ण
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- बिग्रिएको स्कुटर बनाउने नाटक गर्दै ४ जनाले ७ घण्टासम्म गरेका थिए बलात्कार
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- दिपेक्षसँग ऋचाको बिहे
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- बाकसमा फर्के चुनावको ऋण तिर्न मलेसिया पुगेका नेता
- साग पुरुष फुटबल: भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
- पास बिनाका दर्शक छिराउने प्रहरीको फोटो खिच्दा पत्रकार कुटिए
- यी हुन् विश्वकै कान्छी प्रधानमन्त्री
- त्यो घटनापछि ११ वर्षकै उमेरमा राणाविरोधी भएँ: प्रयागराज सिंह सुवाल
- १३औं सागमा नेपाललाई ५१ स्वर्ण, कसले कुन खेलमा जिते?
- फेरि अस्पताल पुगे प्रधानमन्त्री
- बुटवलको मोतीपुरमा चार पाँग्रे सवारी उत्पादन उद्योग खोल्न १२ अर्ब कोरीयाली लगानी स्वीकृत
- भुटान हार्नकै लागि मात्र आउँदैन!