गहुँको बीउमा किसानले पाउँदै आएको अनुदान प्रदेश सरकारले काट्यो
हाउसमा कुरा उठाउँछौं : प्रदेश सांसद
.jpg)
राजविराज– गहुँको बिउमा प्रदेश २ का किसानले पाउँदै आएको अनुदान यस वर्षदेखि कटौती भएको छ। विगतका वर्षहरुमा गहुँको बिउमा ५० प्रतिशत अनुदान दिइँदै आएको थियो। यस वर्षदेखि प्रदेश २ सरकारले उक्त सुविधा कटौती गरेको हो।
अनुदान कटौती भएपछि सप्तरी लगायत ८ वटै जिल्लाका किसानलाई गहुँको बिउ जोहो गर्ने चिन्ता थपिएको छ। मंसिरको पहिलो सातादेखि सप्तरीमा गहुँको सिजन सुरु हुने भए पनि हालसम्म पनि बिउको जोहो नहुँदा अधिकांश किसान निराश छन्।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख भागिरथ यादवले उन्नत जातको गहुँको बिउमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम यस वर्ष प्रदेश सरकारले कटौती गरेको पुष्टि गरे।
गत वर्ष पनि उस्तै
प्रदेश २ मा गहुँको बिउ नपाउँदा किसानले गत वर्ष पनि समस्या ब्यहोरेका थिए। प्रदेश २ को कृषि मन्त्रालयले मंसिर ९ गते मात्रै पत्र पठाएर बिउको व्यवस्था गर्न निर्देशन दिएपछि हतारमा बिउ खरिद गरिएको थियो।
भदौमै बिउको व्यवस्थाका लागि जुट्नुपर्नेमा मंसिर ९ गतेपछि मात्र बिउ खोज्न थाल्दा किसान समस्यामा परेका थिए। अन्तिम समयमा साल्ड टे«डिङ कर्पोरेसनसँग भएको सम्झौता अनुसार पाउनुपर्ने २ सय ३० टन बिउमध्ये पनि १ सय ५ टन मात्र पाएपछि अप्ठ्यारो अवस्थाको सामान गर्नुपरेको ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिए।
साल्ट ट्रेडिङले दिएको १ सय ५ टनमध्ये पनि सप्तरीमा ६९ मेट्रिक टन मात्र गाउँपालिका/नगरपालिकाको सिफारिसमा स्थानीय डिलरलाई उपलब्ध गराई बाँकी ३६ मेट्रिक टन सिरहा जिल्ला पठाइएको थियो। ज्ञान केन्द्रका अनुसार सप्तरी र सिरहामा मात्रै १ हजार ५ सय टन बिउ आवश्यक छ। सप्तरीमा ३० हजार हेक्टरमा गहुँ खेती हुने गरेको कार्यालयले जनाएको छ।
गहुँको बिउ समयमा खरिद गर्न नसकेका कारण अनुदानको बिउ किन्न ज्ञान केन्द्रलाई दिइएको १ करोड ४५ लाखमध्ये १ करोड रुपैयाँ फिर्ता भएको थियो।
के भन्छन् किसान?
गहुँको बिउमा अनुदान कटौती गरेकोमा किसानले चिन्ता व्यक्त गरेका छन्। प्रोत्साहन, थप सुविधा र सहुलियत बढाउनुपर्नेमा दिएको सुविधा समेत कटौती गरिएकोमा किसानले उनीहरुले चिन्ता व्यक्त गरे।
खडक नगरपालिकाको वनरझुल्ला निवासी अगुवा किसान नरसिंहप्रसाद चौधरीले अनुदान कटौती गर्ने निर्णय दुर्भाग्यपूर्ण भएको बताए। ‘प्रदेश सरकारले कृषिलाई आधुनिकीकरण गर्ने र उत्पादकत्व वृद्धि गरी किसानको आयमा वृद्धि गर्ने नीति बनाएको छ,’ चौधरी भन्छन्, ‘किसानलाई दिँदैआएको सुविधा समेत खोसेर सरकारको योजना कसरी पूरा हुन्छ?’
अनुदान कटौती गरिएको विषयमा किसान संघ÷संगठनका नेताहरुले पनि आपत्ति जनाएका छन्। नेपाली कांग्रेस निकट नेपाल किसान संघका केन्द्रीय सदस्य मो. सब्विरले किसानको सुविधा कटौती गर्नु घोर आपत्तिजनक भएको बताए।
हाउसमा कुरा उठाउँछौं : प्रदेश सांसद
सप्तरी क्षेत्र नं ३(क) बाट निर्वाचित प्रदेश सभा सदस्य विदेश्वर यादव (विक्की) ले किसानलाई गहुँको बिउमा दिइँदै आएको अनुदान काट्दा किसानमारा नीति लिएसरह भएको बताए। उनले यस बारेमा आफूले प्रदेश सभामा कुरा उठाउने बताउँदै किसानलाई सुविधा र सहुलियत बढाउनु आवश्यक रहेको जिकिर गरे। सप्तरीका किसान विभिन्न समस्याबाट पीडित रहेको भन्दै उनले किसानको हौसला बढ्दा देशको अर्थतन्त्र पनि बलियो हुनेतर्फ प्रदेश सरकारले पनि विचार पुर्याउनु आवश्यक रहेको जिकिर गरे।
यसैगरी क्षेत्र नं ४(ख) बाट निर्वाचित नेकपाका प्रदेश सदस्य गोविन्दबहादुर न्यौपानेले गहुँको बिउमा दिइएको अनुदान कटौती गर्नु उचित नरहेको भन्दै किसानलाई विशेष सुविधा दिन सरकारले चासो राख्नु आवश्यक रहेको बताए।
हामी व्यवस्थित भएर फेरि सुरु गर्छौं : मन्त्री साह
प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले गहुँको बिउमा दिइँदै आएको अनुदान कटौती भएको स्विकारे। विगतका वर्षहरुमा दिइँदै आएको बिउ कम गुणस्तरको हुँदा नकारात्मक प्रभाव परेको र पर्याप्त बिउ समेत नपाउँदा समस्या भोग्नु परेपछि यस वर्ष उक्त कार्यक्रम नै हटाउनु परेको मन्त्री साहको भनाइ छ।
‘उन्नत जातको गहुँको बिउ उपलब्ध गराउँदै आएको राष्ट्रिय बिउ बिजन कम्पनी प्रदेश सरकार मातहत थिएन,’ उनले भने, ‘त्यसैले सबै व्यवस्था हामीले मिलाउन सकेनांै, त्यसैले त्यो अव्यवस्था अन्त्य गर्न यो पटक कार्यक्रम कटौती गरियो।’ प्रदेश २ सरकारले यस वर्ष आफ्नै बिउबिजन कम्पनी स्थापना गरिसकेकाले अर्को वर्षदेखि व्यवस्थित रुपमा गहुँको बिउ वितरण गरिने उनको भनाइ छ।
- जापान जान श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै प्रहरीकै मिलोमतोमा २२ हजार घुस‚ प्रहरीसहित ५ जना अख्तियारको फन्दामा
- पन्ध्र वर्षपछि हत्यारा पक्राउ
- यी अवोध बालक, जसलाई नियतिले बचाइदियो
- दूषित पिउने पानीदेखि गुणस्तरहीन खाद्यपदार्थको खुलेआम बिक्री, ४ महिनामा २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई कारबाही
- सिन्धुपाल्चोक दुर्घटनाः गाडीको ब्रेक फेल भएपछि झ्यालबाट भागे ड्राइभर
- चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित
- नेकपा स्थायी समिति बैठक : प्रचण्डले पेश गरे १६ पृष्ठ लामो प्रतिवेदन
- फ्रान्समा आँधी आउँदा दुई जनाको मृत्यु, हजारौँ घर विद्युत्विहीन
- भारतमा नागरिकता कानुनविरुद्धको आन्दोलनमा ६ जनाको मृत्यु
- प्रचण्ड र विष्णु पौडेलद्वारा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेश
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- हामी दर्जनौं ठाउँको अध्ययनपछि निजगढ पुगेका हौं, अब यो निर्विकल्प हो दायाँ बायाँ हुँदैन : योगेशकुमार भट्टराई
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- ५ वर्ष नाघेका मुद्दा स्थगित नगर्न सर्वोच्चद्वारा वकिलहरुलाई आग्रह
- धनुषामा बम विस्फोट : प्रहरी इन्सपेक्टरसहित ३ जनाकाे मृत्यु
- ज्वाईं घुस खाने जेठान लगानी गर्ने, अख्तियारले दुवैलाई हाल्यो भ्रष्टाचार मुद्दा
- अब ९ बजेपछि स्कुलबस चलाउन नपाइने
- कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?
- प्रवक्ताबाट रिटायर्ड हुन राजनीतिमा आएको होइन : विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- समयमा उपस्थित नगराएपछि केन्द्रीय कारागार जगनाथदेवलका प्रमुखलाई कारबाही गर्ने अदालतको चेतावनी
- उपनिर्वाचनको जगमा ०७९ को चुनावलाई मिसन बनाएर अघि बढ्छौंः प्रवक्ता शर्मा [अन्तर्वार्ता]
- तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी
- ‘राजनेता’ उत्पादन गर्ने अदभूत कारखाना, जमानत जफत हुनेहरुको ‘नयाँ धन्दा’
- ठमेलको एक भेटबाटै १५ करोड ठगी
- साग पुरुष फुटबल: भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
- ट्याक्सी खोज्न ‘ट्याक्सीमान्डु’ एप सुरु
- बुटवलको मोतीपुरमा चार पाँग्रे सवारी उत्पादन उद्योग खोल्न १२ अर्ब कोरीयाली लगानी स्वीकृत