काठमाडौं- आउँदो मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष फुटबल टिमको घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले साग खेल्ने यु-२३ टिममा २० जना खेलाडीको घोषणा गरेका हुन्। जसमा तीन सिनियर खेलाडीहरु बिकेश कुथु, बिक्रम लामा र सुजल श्रेष्ठ पनि समावेश छन्।
‘हामीले निकै मेहनत गरेका छौँ, यसले टिमका सबै खेलाडी राम्रो गर्नेमा दृढ छन्। यसका लागि हाम्रो तयारी पनि लामो समयदेखि चलिरहेको छ। टिममा रहेका सिनियर खेलाडीले पनि थप हौसला मिल्नेछ’ प्रशिक्षक महर्जनले भने। उनकै प्रशिक्षणमा नेपालले २०१६ मा बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो।
‘अभ्यासका बेला खेलिएका मैत्रीपूर्ण खेलबाट मैले खेलाडीहरुलाई राम्ररी नियालेको छु, त्यहीअनुसार योजना पनि बनाएको छु। हामी शतप्रतिशत मेहनत गरेर खेल्न तयार छौँ’ उनले भने।
को को छन् टिममा?
गोलकिपर – बिकेश कुथु, अर्पण कार्की, दीप कार्की
डिफेन्डर – अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल, बिक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ
मिडफिल्डर – सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, सेसेहाङ आमदाङ्ग्वे, तेज तामाङ
फरवार्ड – बिमल घर्ती मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अन्जन बिष्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।