कठमाडौं- जापानले कृषिजन्य कार्यका लागि नेपाली श्रमिक लैजाने छलफल गरेको छ।
यस विषयमा सोमबार नेपालका लागि जापानी राजदूत मासामिची साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले छलफल गरेका छन्।
जापानले १४ क्षेत्रमा विदेशी कामदार लैजाने नीति लागू गरेसँगै पहिलो चरणमा नर्सिङ्ग केयरमा कामदार लैजाने प्रकृया अघि बढाइसकेको छ।
यससँगै अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने विषयमा छलफल सुरु भएको हो।
कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरुका लागि छुट्टै सिप र भाषा आवश्यक पर्ने बताइएको छ।
यस सम्बन्धमा थप छलफल हुने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।