काठमाडौं- अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले कानुन व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेमा निलम्वन हुने व्यवस्था कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेकाे छ।
अधिवक्ता प्रेमसिंह धामीकाे मुद्दामा ईश्वर खतिवडा र मनाेज शर्माकाे इजलाशले यस्ताे आदेश जारी गरेकाे हाे। वकिललाई भ्रष्टाचार मुद्दा लागेमा लाइसेन्स निलम्बन हुने र कानुन व्यवसायी परिषद्ले वकालत गर्न नपाउने भन्दै निलम्वन गर्ने निर्णय गरेकाे थियाे।
यसरी केहि वकिलहरू निलम्वन परेपछि धामीले सर्वाेच्चमा मुद्दा दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।