काठमाडौं– रौतहटको एक प्रहरी चौकीमा सुतली बम प्रहार भएको छ। बम प्रहारबाट इशनाथ नगरपालिका-४ को मठिया चौकीमा कार्यकरत एक प्रहरी जवान घाइते भएका छन्।
बम बिस्फोट गराएको आशंकामा भारतीय नम्बर प्लेटको एक वटा मोटरसाइलक र त्यसमा सवारी एक भारतीय नागरिकलाई पक्राउ गरिएको प्रदेश २ का डिआइजी प्रद्युम्न कार्कीले नेपाल लाइभलाई जानकारी दिए।
घाइते जवानको अवस्था सामान्य रहेको र चौकीमा पनि सामान्य क्षति भएको प्रहरीले जनाएको छ।
बम बिस्फोटका कारण भने खुलिसकेको छैन।
पक्राउ परेका भारतीय नागरिकमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।