धनगढी- आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारी कुटपिटको आरोपमा कैलाली जिल्ला मोहन्याल गाउँपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन्।
गाउँपालिका-५ का वडाध्यक्ष छविलाल हौजाली मगर मंगलबार सो आरोपमा पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश भट्टका अनुसार सोही वडा कार्यालयकी महिला कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको भन्दै पीडितले निवेदन दिएपछि वडाध्यक्ष मगर पक्राउ परेका हुन्।
कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर निर्घात कुटपिट गरेको भन्दै पीडित महिलाले प्रहरीमा निवेदन दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।