जनकपुर- प्रदेश २ सरकारले प्रदेशसभामा टेबुल गरेको सञ्चार विधेयक फिर्ता लिन नेपाल पत्रकार महासंघले माग गरेको छ।
नेपाल पत्रकार महासंघको प्रादेशिक समितिले गरेको आन्दोलन र दिएको सुझावलाई समेत प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रदेशसभामा टेबुल गरेको सो विधेयक तत्काल फिर्ता लिन माग गरेको हो।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले पटकपटक गरेको प्रतिवद्धतालाई समेत बेवास्ता गरी प्रदेशसभामा पत्रकार विरोधी विधेयक प्रदेशसभामा टेबुल गरेको भन्दै तत्काल फिर्ता लिन माग गर्दै महासचिव किरणकुमार कर्णले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विधेयक संशोधन गर्ने सरकारी प्रतिबद्धता आए पनि त्यसको विश्वासयोग्य वतावरण सरकारले बनाउन नसकेको भन्दै महासचिव कर्णले तत्काल फिर्ता लिई नयाँ विधेयक ल्याउन माग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।