काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बुधबार पनि भारतले गरेको सीमा अतिक्रमणको विरोधमा प्रदर्शन गरेको छ ।
ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस नेविसंघ इकाइको संयुक्त आयोजनामा नेपालटार, बाइपास, माछापोखरी क्षेत्रमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन्।
नेपालटार ग्रामीण र एनआर कलेजबाट प्रारम्भ भएको विरोध र्याली बालाजु क्षेत्र परिक्रमा गरेर क्याम्पसमै पुगिसकिएको थियो। भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै संघले दिनहुँ विरोध प्रर्दशन गर्दै आएको छ।
सीमा अतिक्रमणको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको नेविसंघका निर्वतमान केन्द्रीय सदस्य सुशील भट्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।