निजगढ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा कार्यकर्ताको निष्पक्ष र पारदर्शी मूल्याङ्कन नभएको बताएका छन्।
सभापति शेरबहादुर देउवाले विभाग गठन गर्न लागेको तयारीप्रति उनले आपत्ति जनाए। विभाग र कार्यसम्पादन गठन महाधिवेशनको दुई महिना भित्रमा गर्नुपर्ने कार्य भएको बताए। उनले भने, ‘अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा विभाग गरेर काम छैन।’
बारामा कार्यकर्ता भेटघाटमा उनले सीमा अतिक्रमणका मुद्दा टुंग्याउन वर्तमान सरकारलाई उपयुक्त समय भएको बताए।
स्थिर सरकार र प्रतिपक्षको समेत साथ पाएको वर्तमान सरकारलाई सीमासम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय वर्तमानमा भएको बताए। बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट नेता पौडेलले भने, ‘सीमाको समस्या धेरै पहिलेदेखि हो तर यो पटक हामी चुक्न हुँदैन।’
कांग्रेसले कूटनीतिक पहल गरेर समाधान प्रधानमन्त्रीलाई बताइसकेको जनाउँदै नेता नेपालले सीमा समस्या उत्तरी देश चीनसँग पनि रहेको बताए। ‘दक्षिणतिर मात्र होइन, नेपालको उत्तरी भागमा पनि सीमा विवाद छन्। आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौ।’ उनले भने, ‘प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो, हामीले हेर्ने बेला आएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।