काठमाडौं- काठमाडौंको दरबारमार्गस्थित होटल ल्यान्डमार्ग भएको झण्डै दुई वर्षअघिको बलात्कार काण्डका अभियुक्तहरुलाई काठमाडौं जिल्ला अदालतले कैदको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उक्त बलात्कार घटनामा फैसला सुनाएको हो।
फैसला अनुसार मुख्य अभियुक्त रामेछापका सैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद र पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ।
त्यसैगरी अन्य अभियुक्त काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमलाई जनही १४ महिना कैदको फैसला सुनाएको छ।
नयाँ अपराध संहिता लागू नभएको बेला घटना भएकाले उनीहरुलाई मुलुकी ऐन अनुसार फैसला सुनाइएको हो।
२०७४ माघ ७ गते आफ्नै प्रेमी कार्कीले युवतीलाई घर पुर्याइदिने भनेर होटलमा लगी सामूहिक बलात्कार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।