काठमाडौं- संवैधानिक परिषद्को बैठक बस्ने भएको छ। संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको निर्णय गर्न परिषद्को बैठक बस्न लागेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा दिउँसो १ बजे बैठक बस्ने बताइएको छ।
रिक्त संवैधानिक पदहरुमा मधेसी,जनजाति, महिला लगायतका निकायमा पदाधिकारी नियुक्त हुन सकेको छैन।
थारु, मुस्लिम र मधेसी आयोगमा अध्यक्ष नियुक्त भए पनि सदस्यहरु नियुक्त भएका छैनन्।
समावेशी आयोगमा अध्यक्ष बनाइएका शान्तराज सुवेदीले राजीनामा दिएपछि उक्त स्थान पनि खाली छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।