काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ४ दशमलव ८० प्रतिशतले ओरालो लागेर १ हजार १ सय ३५ दशमलव १६ अंक कायम भएको छ।
आज १ सय ५४ वटा कम्पनीको ९ लाख ८ हजार कित्ता सेयर ४ हजार १ सय २७ पटक किनबेच हुँदा २७ करोड ५४ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबारको कारोबारमा व्यापार समूह, वित्त समूह र अन्य समूह क्रमशः १६ दशमलव ६३, १ दशमलव १ र शुन्य दशमलव ६ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४० दशमलव ६४ अंकले घटेको छ।
कारोबार भएको रकमका आधारमा एनएमबी बैंक अग्रस्थानमा छ। एनएमबी बैंकको ८२ हजार ६ सय ७९ कित्ता सेयर किनबेचबाट ३ करोड १२ लाख ९८ हजार ५ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
सबैभन्दा बढी कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ५१ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।