काठमाडौं- गैरआवासीय नेपाली संघको युरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन्। गौतम गैरआवासीय नेपाली संघ बेल्जियमका निर्वतमान अध्यक्ष हुन्।
एनआरएनएलाई हुने खानेको भन्दा हुँदा खानेको संस्था बनाउने पहलका लागि उम्मेदवारी दिएको उनले बताएका छन्। देशमा लगानी भित्र्याउनेभन्दा पनि गैरआवासीय नेपालीको समस्या समाधान गर्ने र नेपाली समाजको एकताको लागि संघलाई संस्थागत गर्दै सबै २७ एनसिसीहरुको साझा चौतारीका रुपमा युरोप क्षेत्रलाई स्थापित गर्न पहल गर्ने उनले बताए।
'राजनीतिक रुपमै एनआएएन संस्थागत गर्नुपर्छ, यसको सांगठनिक सुधार गर्न पनि आवश्यक छ,' उनले भने।
१७ वर्षअघि युरोप पसेका गौतमसँग सन् २००६ बाट उपाध्यक्ष भएर गैरआवासीय नेपाली अभियानसँग काम गरेको अनुभव छ।
गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षको हुँदा भूकम्पपछि नेपालमा सुरु भएको पुनर्निर्माणको कामलाई संघका तर्फबाट विशेष परियोजनाका लागि पनि उनले भूमिका खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।