काठमाडौं- परराष्ट्र मामिलाका विज्ञ रुपक सापकोटा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप-कार्यकारी निर्देशकमा नियुक्त भएका छन्।
प्रतिष्ठान परराष्ट्र मामिलाको एक मात्र सरकारी थिंक ट्यांक हो।
परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट उनलाई उपकार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।
उनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटका छोरा हुन्।
सापकोटाले चीनको बेइजिङस्थित रनमिन विश्वविद्यालयवाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।