कलंकी–कोटेश्वर सडकखण्डकाे पहुँचमार्ग निर्माण अलपत्र : यात्रुलाई सास्ती, दुर्घटना बढ्दै

काठमाडौं- कलंकी–कोटेश्वर ८ लेनको सडक निर्माण सकिएर हस्तान्तरणसमेत भइसक्दा पहुँचमार्ग (सर्भिस ट्र्याक) भने अझै बनेको छैन। चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सडकमा सरकारले सडकको सुरक्षा र धुलोरहित बनाउन भन्दै दायाँबायाँ दुवैतर्फ ६ मिटरको पहुँचमार्ग बनाउने भएको थियो।
केही ठाउँमा निर्माण थालनी गरेको ६ मिटरको पहुँचमार्ग निर्माण योजना भने अलपत्र परेको छ। ग्वार्को चोकबाट थसिखेल चोक दुवैतर्फ पहुँचमार्ग बनेको छ भने यातायात कार्यालय भएको क्षेत्र कालाेपत्रेको तयारी भइरहेको छ। यातायात कार्यायलबाट एकान्तकुना चोकसम्म ट्र्याक खोल्ने काममात्र भएको छ। तर दायाँतर्फ थसिखेल चोकदेखि एकान्तकुना पहुँचमार्गको कुनै काम भएको छैन।
उक्त स्थानमा जग्गा प्राप्तिमै समस्या भएकाले कामअघि बढाउन समस्या भएको सडक विभागले जनाएको छ। एकान्तकुनादेखि बल्खु चोकसम्म दुवैतर्फ ६ मिटरको पहुँचमार्ग छ। तर बल्खुदेखि कलंकीसम्म केही स्थानमा बाहेक अधिकांश ठाउँमा पहुँचमार्गको कुनै काम बनेको छैन।
सडक विभागले चिनियाँ पक्षले ८ लेन सडक निर्माण गरेर हस्तान्तरण गर्नु अगावै काम सम्पन्न गर्ने गरि ठेक्का लगाएको थियो। पहुँचमार्ग निर्माणले सडक सुरक्षादेखि मूल सडकमा धुलो कम हुने र सवारी चाँपलाई समेत कम गर्ने सडक विभाग उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले बताए। ‘पहुँचमार्ग निर्माणका लागि कतिपय स्थानमा जग्गा प्राप्ति नै मुख्य समस्या बनेको छ,’ उनले भने, ‘रिङरोडसँग जोडिएको जमिन कसैले एक इन्च छोड्ँदैनन्। जमिन उपलब्ध भएको ठाउँमा पहुँचमार्ग निर्माणको काम भइरहेको छ।’
आर्थिक वर्ष २०७२/०७३ देखि नै चक्रपथ सुधार आयोजनाले ८ लेनको सडकमा यात्रु र सवारीसाधनले आफूखुसी जुनसुकै चोकबाट सहजै प्रवेश पाउने अवस्था नरहेको ठहर गर्दै पहुँच सडक निर्माण थालनी गरेको थियो। आयोजनले नेपाल सरकारकै खर्चमा निर्माण थालनी गरेको पहुँचमार्ग हालसम्म सम्पन्न हुन सकेको छैन। पहुँचमार्ग निर्माणमा ढिलाइ भएकै कारण चक्रपथ बाहिर जाने र बाहिरबाट भित्रिने सवारी तथा यात्रुलाई कठिनाइ भइरहेको छ।
‘सडक दुर्घटना न्यूनिकरण गर्न प्रयास गर्ने हो,’ सापकोटाले भने, ‘पहुँचमार्ग बनाइयो भने सडक दुर्घटना कम गर्न सहयोग पुग्छ।’ ८ लेनको सडकमा यात्रु र सवारीसाधनले आफूखुसी जुनसुकै चोकबाट प्रवेश पाउँदैनन्।
सरकारले सडकको सुरक्षा, धुलोरहित यात्रा र दुर्घटना न्यूनिकरणका लागि दायाँबायाँ ६ मिटरको सर्भिस ट्र्याक निर्माण थालेको उनको भनाइ छ। तर, स्थानीयको अवरोध नै सडक निर्माणमा ढिलाइको प्रमुुख बाधक बनेको उनले दाबी गरे। ‘यो सडक हाम्रै लागि हो भनेर स्थानीयले बुझ्न नसक्दा समस्या आएको हो’, सापकोटाले भने, ‘समस्या नभएका कतिपय ठाउँमा दुई वर्ष अगाडि नै सडक निर्माण सम्पन्न भइसकेको छ।’
सडक निर्माण सम्पन्न भएको धोविघाट–नयाँबाटो सडकखण्डको दायाँ र एकान्तकुना–नख्खु दोबाटो सडकखण्डको दायाँ सडक पनि अहिले भत्किसकेको छ। मुख्य गरी बालकुमारी, ग्वार्को, सातदोबाटो, महालक्ष्मी सडकखण्डमा बढी समस्या देखिएको छ। बल्खुदेखि कलंकीसम्म ६ मिटर पहुँचमार्ग निर्माणमा भने हालसम्म खासै प्रगती देखिएको छैन।
६ मिटरको सडक निर्माण हुन नसकेको अवस्थामा स्थानीयले मूल सडकमा प्रवेश गर्ने चोकको खोजीमा सडकका बार भत्काउन पनि सक्ने र जसका कारण सडक दुर्घटना समेत बढेर जाने विभागको भनाइ छ। बाटो ठूलो र फराकिलो भएकाले सवारीको गती तीव्र हुँदा दुर्घटनाको सम्भावना धेरै हुन्छ।
कलंकी–कोटेश्वर ८ लेन सडकखण्डमा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले मूल सडक र दायाँबायाँको सडकमा गती सीमा तोकेको छ। उक्त सडकको मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा र सर्भिस सडकमा २० किलोमिटर प्रतिघण्टाको गती सीमा तोकेको हो।
सडक पूर्णरुपमा निर्माण नभएकै अवस्थामा यसखण्डमा दैनिकजसो साना–ठूला गरी एकदर्जन सवारी दुर्घटनामा पर्ने गर्छन्। सरोकारवाला निकायले समयमै ध्यान नपर्याउने हो भने यसले ठूलाे रुप लिने ट्राफिक प्रहरीको भनाइ छ।
सर्वाेच्च अदालतले सडक विस्तारमा व्यक्तिको जग्गा अधिकरण गर्दा मुआब्जा दिनुपर्ने भन्दै फैसला गरेको थियो। अदालतको फैसलाकै कारण ६ मिटरको सडक निर्माणमा रहेको अवरोध हटाउन नसकिएको सडक विभागको भनाइ छ। अदालतले भने जस्तै सबैलाई मुआब्जा दिएर सडक निर्माणको अवरोध हटाउन सक्ने अवस्था समेत नरहेको सडक आयोजनाले जनाएको छ।
- कोसँग अफेयरमा छिन् क्याटरिना कैफ
- समाजवादी पार्टीको पदाधिकारी बैठक आज बस्दै
- भारतमा नागरिकता विधेयक पेचिलो बन्दै , माथिल्लो सदनबाट पारित, जनता सडकमा
- भन्सार र आन्तरिक राजस्वका सूचनामा अब सम्पत्ति शुद्धीकरणको पनि सिधा पहुँच
- कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि
- सरकारले ३ वर्षमै किन्यो १९ अर्बको सवारी साधन
- रणवीर र आलियाको विवाह कश्मीरमा गर्ने तयारी
- उच्च रक्तचापका लक्षण र रोकथामका उपाय
- फिनल्यान्डको प्रधानमन्त्रीमा ३४ वर्षीया मारिन नियुक्त
- जाडोले निम्त्याउने स्वास्थ्य समस्या र तिनका रोकथाम
- साग खेलकुद छाडेर किन कतार भागिन् कीर्तिमानी खेलाडी?
- गणतन्त्रकी गुमनाम अभियन्ताको अन्त्य
- सिसिटिभी बिगारेर सिएमसीमा कसले राख्यो पेस्तोल?
- के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?
- भारतले ६ महिनाभित्र लिपुलेक पुर्याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]
- 'करदातालाई कर प्रशासनबाट डर नलाग्ने वातावरण सिर्जना गर्नुपर्छ'
- बालाजु–त्रिशुली सडक: पप्पुदेखि प्रचण्डका घरबेटीसम्मको ठेक्का, काम अलपत्र
- माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा
- टिकट बिक्रीभन्दा धेरै दर्शक, कसरी भरिएको छ रंगशाला?
- फुटबल फाइनलअघि रंगशालामा मजाक
- भारतीय खेलाडीलाई दिलाइएको हार!
- विकल्पमा राखिएका खेलाडीले जिते स्वर्ण
- बिग्रिएको स्कुटर बनाउने नाटक गर्दै ४ जनाले ७ घण्टासम्म गरेका थिए बलात्कार
- भुटान हार्नकै लागि मात्र आउँदैन!
- बाकसमा फर्के चुनावको ऋण तिर्न मलेसिया पुगेका नेता
- विदेश सपनाले बहुविवाह : सम्बन्धविच्छेदको ६ महिनापछि जेल
- दिपेक्षसँग ऋचाको बिहे
- गौरिका भन्छिन्- मलाई नेपाली होइन भन्छन्, तर म नेपाली हुँ, यो पदक सारा नेपालीलाई
- यी हुन् विश्वकै कान्छी प्रधानमन्त्री
- सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि बसेको बैठक जिल्ला न्यायाधीश सरुवा गर्दै उठ्यो
- ११ बैंकका सिइओमाथि सम्पत्ती शुद्धीकरणले थाल्यो एकैपटक छानबिन
- त्यो घटनापछि ११ वर्षकै उमेरमा राणाविरोधी भएँ: प्रयागराज सिंह सुवाल
- सागमा स्वर्णको इतिहास बनायो नेपालले
- वैदेशिक रोजगार : यौन शोषणको जोखिममा घरेलु कामदार
- बहसमा सेना १- किन हुन सकेन नेपाली सेनाको पुनर्संरचना?
- बहसमा सेना २- ‘कर्पोरेट आर्मी’ बन्ने जोखिमतिर नेपाली सेना
- नेपाल ट्रष्टको जग्गामा शेर्पा परिवारको हालीमुहाली, थामसेर्कुले दरबारमार्गमा बनाएको व्यापारिक भवन अवैधानिक