काठमाडौं– जिल्ला प्रहरी कार्यालय सप्तरीलाई १५ दिनभित्र आवश्यक कागजात पठाउन भन्दै जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ।
राजेश रानामगरको जोहेरीले ठगी मुद्दाका प्रतिवादी कमल कुवँर र दीपककुमार देवको नाममा म्याद तामेली र पक्राउ पूर्जी तामेली गरी पठाउन भन्दै गत जेठ ३० गते पत्रचार गरेकोमा त्यसको कुनै जवाफ नआएको अदालतले जनाएको छ।
पुनः असार २९ गते दोस्रो पटक पठाएको पत्रको समेत बेवास्ता गर्दै कुनै जवाफ नआएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।
अदालतले पटक पटक आदेश गर्दा पनि कुनै जवाफ नदिई अटेर गरेर न्याय सम्पादनमै बाधा पुर्याएको भन्दै अदालतले पत्र बुझेको १५ दिनभित्र माग बमोजिमको कागजात पठाउन भन्दै कात्तिक २० गते आदेश जारी गरेको हो।
१५ दिनभित्र पनि कुनै जवाफ नआए सप्तरी प्रहरी प्रमुखले पाउने तलवबाट कट्टा हुने गरी ५ हजार रुपैयाँ जरिवाना गर्न भनिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।