काठमाडौं– डा बाबुराम भट्टराईले राष्ट्रिय जनता पार्टीसँगको एकतालाई छिटो तार्किक निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन्।
बिहीबारदेखि सुरु पार्टीको संघीय परिषद् बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा भट्टराईले सो दलसँग समाजवादीका धेरै एजेन्डाहरु मिल्ने बताएका छन्।
'यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन्। यस पार्टीसँग एकताका निम्ति केही समय देखि गम्भीर छलफल भइरहेको छ', डा भट्टराईको प्रतिवेदनमा उल्लेख छ, 'यो एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पुर्याउने प्रयत्न गर्नु पर्दछ।'
उनले राजपालाई राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दलको रुपमा प्रस्तुत गरेका छन्।
उनले साझा पार्टी र विवेशशील जस्ता नयाँ दलहरुलाई विचार र एजेन्डामा अस्पष्ट बताएका छन्।
'साझा पार्टी र विवेकशील नेपालीजस्ता नयाँ दलहरु विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्दैछन्। यो सकारात्मक कुरा नै हो। तर, यी दलको विचार के हो र कस्ता एजेण्डा बोक्ने हुन त्यो प्रष्ट छैन', उनले प्रतिवेदनमा उल्लेख छ।
उनले ती दलहरुलाई धैर्यतापूर्वक बुझ्ने, परख्ने गर्नुपर्ने बताएका छन्। (फोटो– विश्वदीप पाण्डे)
यो पनि पढ्नुहोस्ः
सरकारमा संलग्नताबारे गम्भीर समीक्षा जरुरी : बाबुराम भट्टराई
अभूतपूर्व नैतिक संकटबीच सरकारले २ वर्ष गुजार्दै छ : बाबुराम भट्टराई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।