नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ कार्तिक २८ बिहीबार | Thursday, November 14, 2019 २०:००:०० मा प्रकाशित

काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) अबका केही वर्षमै नेकपा उठ्नै नसक्ने गरी पतन हुने पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईको दाबी, असक्षमता र नालायकीको भारले नेपाली कांग्रेस थिचिएको विश्लेषण

२) ठगीको आरोपमा पक्राउ परेका पूर्वमन्त्रीसमेत रहेका व्यापारी रूप ज्योतिलाई रिहा गर्न माग गर्दैै व्यवसायीद्वारा जुलुस प्रदर्शन, सुध्रिने मौकासमेत नदिई पक्राउ गरेको दाबी

३) एक वर्ष भित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने पर्यटनमन्त्री भट्टराईको घोषणा, पोखरा क्षेत्रीय विमानस्थल समेत दुई वर्ष भित्र संचालनमा आइसक्ने स्पष्टोक्ति

४) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा नेपालद्वारा माल्दिभ्स पराजित, ऐतिहासिक स्वर्ण पदक प्राप्त गर्दै नेपाल बन्यो च्याम्पियन

५) र, हङकङमा सुरक्षा संवेदनशीलता दृष्टिगत गरी प्रशासनद्वारा किन्डरगार्डेनसहित सम्पूर्ण शैक्षिक संस्था बन्द, सुपुर्दगी विधेयकको विरोधमा करिब ९ महिना अघि शुरु भएको प्रदर्शन जारी

पूरा समाचार माथिको भिडियोमा